लक्का जवान किरण

काठमाडौं । उमेरले ६ दशक कटे पनि कलाकार किरण केसीको कामलाई नियाल्ने हो भने उनी आधा उमेर कम देखिन्छन् । पछिल्लो समय फिल्म ‘शत्रु गते’ मार्फत मह जोडीसँग निर्माणमा कमब्याक गरेका किरणले त्यसपछि मह जोडीसँगै ‘दाल भात तरकारी’ निर्माण गरे ।

त्यसपछि ‘लक्का जवान’ लिएर दर्शक माँझ आउने तयारीमा रहेका किरणको स्फुर्तीको चर्चा नगर्ने सायदै होलान् । उनले काम गर्ने शैलीले सँगै रहेकोलाई पनि एक्टिभ राख्न मदत गर्छ । अघिल्लो दुइ फिल्म शत्रु गते र दाल भात तरकारीमा निर्माताको सम्पूर्ण दायित्व बहन गरेका किरणले ‘लक्का जवान’ मा पनि यस्तै गरेका छन् ।

‘किरण अंकललाई देख्दा हाम्रो जोस जाँगर त केहीँ हैन जस्तो लाग्यो’ सलोन बस्नेतले आयोजित फिल्मको एक कार्यक्रममा भनेका थिए । ‘त त सार्है बिग्रिस नि बद्री’ मा बाल कलाकारको रुपमा किरणसँग काम गरेका सलोनले प्रसंशा गर्दै भने , ‘किरण अंकल भएपछि हामी सबै उस्तै एक्टिभ हुन्थ्यौं ।’

कामलाई फत्ते गर्न लागिपर्ने किरणले यी सबैको कारण आफ्नो सकारात्मक सोच रहेको बताउने गरेका छन् । उनले सबैको हित सोच्ने र बिहान योगा गर्ने पनि बताए । ‘काम गर्न कहिले पनि पछि हट्नु हुँदैन त्यसले तपाइलाई एक्टिभ गर्छ’ उनले भन्ने गर्छन् । त्यसैले प्राय फिल्मकर्मीले किरणलाई ‘लक्का जवान’ को टाइटल दिने गरेका छन् । उनले काम गर्ने युनिटलाई नै एक्टिभ बनाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार