निकी मिनाज र उनको पतिविरुद्ध मुद्दा दायर

काठमाडौं । र्यापर निकी मिनाजका पति केनथ पेटीबाट बलात्कारको प्रयासको शिकार बनेकी एक महिलाले दम्पतीविरुद्ध मुद्दा दायर गरेकी छन् ।

मिडिया रिपोर्टका अनुसार ४३ वर्षीया ती महिलाले दम्पतीमाथि बलात्कार प्रयासको आरोप फिर्ता लिन दबाब दिएको आरोप लगाएकी छन् ।

ती युवतीलाई किशोरावस्थामा बलात्कारको प्रयास गरेको स्वीकार गरेपछि पेटीले साढे चार वर्ष जेलमा बिताएका थिए । गत वर्ष ‘यौन उत्पीडक’ मा दर्ता नभएको भन्दै उनी पुनः पक्राउ परेका थिए ।

अमेरिकाको न्युयोर्कस्थित अदालतमा दायर गरिएको रिट निवेदनमा मिनाजले एक सहजकर्तामार्फत पेटीविरुद्धको आरोप फिर्ता लिनका लागि ५ लाख अमेरिकी डलर अफर गरेको ती महिलाले आरोप लगाएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार