चेला मुख्यमन्त्री बन्दा कस्तो लाग्यो गुरु अर्थात पूर्वसभामुख महरालाई ?

  पहिलोपेज समाचारदाता

 2903 पटक हेरिएको

काठमाडौं । आफूले पढाएको विद्यार्थीले प्रगति गरेको देख्दा जोकोही गुरुलाई खुशी लाग्नु स्वभाविकै हुन्छ । यस्तै अनुभूति पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि भएको छ ।

आफूले पढाएको विद्यार्थी कुलप्रसाद केसी “सोनाम” हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभएकोमा असाध्यै खुशी बन्नुभएको छ, पूर्वसभामुख कृष्णबहादुर महरा ।

गाउँकै विद्यालयमा अध्ययन गरेपछि केसी बालकल्याण नमूना माध्यमिक विद्यालयमा भर्ना हुनुभयो । त्यहीं पढाउनुहुन्थ्यो, कृष्णबहादुर महरा । “आफैले पढाएको विद्यार्थी मुख्यमन्त्री बन्दा निकै खुशी लागेको छ । उहाँलाई बधाई र सफल कार्यकालको शुभकामना छ”, महराले भन्नुभएको छ ।

मुख्यमन्त्री केसीले महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन गर्नुभयो । रोल्पा र दाङमा प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएका केसीले साविकको गाविस तुक्ला लगायतको विद्यालयमा अध्यापन गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार