प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्दैछ। बैठक आज दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्ने भएको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार  आज बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उनका अनुसार, अर्थमन्त्री शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्नेछन् ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै सांसद प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने लगायतको कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार