साहस उर्जाको आईपीओ आजदेखि विक्री खुला

काठमाडौं । आजदेखि साहस उर्जा लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आईपीओ विक्री खुला गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि विक्री गर्न लागेको हो ।

यो आईपीओ छिटोमा भदौ ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म विक्रीमा रहनेछ ।

उक्त आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट समेत आवेदन दिन सकिने व्यवस्था छ ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार