लुम्बिनी प्रदेशका ६ मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।

विहीवार मुख्यमन्त्री नियुक्त हुनु भएका केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्नु भएको हो । उहाँले आज सात मन्त्रीलाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्नु भएको छ । मुख्यमन्त्री केसी र अन्य मन्त्रीहरुले विहीवार पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।

उहाँहरुलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनु भएको हो ।

विहीवार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बन्नु भएको छ ।

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन् । सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार