ओली छोडेर प्रचण्डतिर युवासंघका उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य

  पहिलोपेज समाचारदाता

 306 पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासंघका उपाध्यक्षसहित २६ जना केन्द्रीय सदस्यहरु ओली छोडेर प्रचण्डतिर लागेका छन् । उपाध्यक्ष, प्रवास विभाग प्रमुखसहित २६ केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

एमालेनिकट युवासंघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदूरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्केका हुन् । उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटी नेकपा एमाले परित्याग गरेको बताउनुभएको हो ।

उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गर्नुभएको छ । साउदले २६ जना केन्द्रीय सदस्य फर्केको जानकारी अध्यक्ष प्रचण्डलाई गराउनुभएको थियो ।

उपाध्यक्ष योगेश साउद २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका थिए । जनमिलिशियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेको युवासंघमा उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।

नेकपा एमालेमा लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएको भन्दै त्यहाँ बस्न नसकिने अवस्था सिर्जना भएको साउदले बताउनुभयो । आफ्नो गौरवशाली इतिहासलाई धोका दिन नसकिने भएकाले पुनः माओवादी केन्द्रमा फर्केको साउदले बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार