गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ सुनको मूल्य

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । बुधबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबारको तुलनामा विहिबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार