नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठक ब लागेको हो ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कार्यतालिका अनुसार गाउँ÷नगर वडाअधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । यद्यपि, क्रियाशील सदस्यताको विवादका कारण साउन २० गतेसम्मको अधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ ।

यसैविच आज नेपाली कांग्रेसका युवा नेताहरूले संविधान र पार्टी विधान सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेका छन् । संविधान र पार्टी विधान अनुसार सभापति देउवाले थप गरेको कार्यकाल भदौ २३ गते सकिँदैछ ।

त्यसपछि पार्टी वैधानिकता संकटमा पर्ने देखिएकोले त्यसअघि नै महाधिवेशन गर्न युवा नेताहरूले माग गरेका छन । सभापति देउवासहित शीर्ष नेतालाई आज सानेपामा केन्द्रीय समिति बैठक बस्नुअगाडि संविधान र विधान बुझाउने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार