जोशको माहोल थियो- सर्लिन चोपडा

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा हाल हिरासतमा छन्। पोर्नोग्राफीको मुद्धामा उनलाई हिरासतमा लिइएको हो। राज कुन्द्राको केसमा सबैभन्दा बढी जोडिएकी अभिनेत्री हुन् सर्लिन चोपडा।

सर्लिनले प्रहरीसामु दिएका बयानहरुले बलिउडमा सनसनी नै मच्चाइरहेको छ। सर्लिन यतिमा मात्र शान्त भएकी छैनन्। उनले हालै फेरि एपको लागि गरिएको पहिलो फोटोसुटको तस्वीर सार्वजनिक गरेकी छिन्। राज कुन्द्रासहित हट अवतारमा रहेकी उनले फोटाबारे जानकारी पनि सार्वजनिक गरेकी छिन्।

फोटोमा क्याप्सनमा उनी लेख्छिन्– ‘२९ मार्चको दिन थियो। आम्स्प्राइमद्वारा आयोजित ‘द सर्लिन चोपडा’ एपको पहिलो कन्टेन्ट सुट हुने तयारी भइरहेको थियो। मेरा लागि यो एक नयाँ अनुभव थियो किनकि यसभन्दा अघि म कुनै एपसँग अनुबन्धित थिइँन। आशा र जोशको माहोल थियो।’

सर्लिन चोपडाले ८ अगस्टमा एनएनआईलाई मार्च महिनामा राज कुन्द्राले फिल्म बनाउनका लागि सम्पर्क गरेको र एक सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएकी थिइन्।

उनले भनेकी थिइन्, ‘शुरुमा ग्लामरस भनिएको थियो, पछि सेमी न्यूड हुँदै न्यूड भिडियो खिचिएको थियो। सूटिङको क्रममा राज मलाई उक्साइरहेका थिए र शिल्पाले पनि मेरो भिडियो मन पराएको जानकारी गराउँथे।’

६ अगस्टमा मुम्बई क्राइम ब्रान्चले राज कुन्द्रासँग सोधपुछ गरेको थियो। त्यक्रममा उनले आफू साक्षीका रुपमा बयान दिन आएको बताएकी थिइन्। सर्लिनले कुन्द्राविरुद्ध एफआइआर पनि दायर गरिसकेकी छिन्। कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले १९ जुलाईमा नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार