लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको हो ।

मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले उक्त पत्र प्रदेशसभामा पनि पठाएको छ ।

आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । पोखरेलले आज प्रदेशसभा बैठक शुरु हुनु अगावै राजीनामा दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार