पुरुषलाई बलात्कार गरेको आरोप डाक्टरमाथि लागेपछि…

  पहिलोपेज समाचारदाता

 565 पटक हेरिएको

काठमाडौं । एक पुरुषलाई यौनहिंसा गरेको आरोपमा धनकुटामा एकजना डाक्टर पक्राउ परेका छन् । उपचारका लागि मेडिकलमा गएका पुरुषलाई बलात्कार गरेको आरोप डाक्टरमाथि लागेको छ ।

धनकुटा– ७ मा रहेको सुवास मेडिकलका सञ्चालक डा. राज शर्मालाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पिसाबसम्बन्धी समस्या लिएर उपचारका लागि गएका धनकुटाको पाख्रिबासका ५३ वर्षीय पुरुषलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

रातको साढे १० बजेतिर मादकपदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले आफूलाई यौनहिंसा गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट बिरामी पुरुषमाथि यौनहिंसा पुष्टि भएको प्रहरीको भनाई छ । तर, शर्माले भने आरोप अस्वीकार गरेका छन् ।

डा. शर्माले भने बिरामीले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार