हामी कसैसँग शीर निहुर्याउँदैनौं, कसैको टाङमुनि छिर्दैनौँः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीतर्फ सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका छन् ।

मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनेका नेता नेपालले केपी ओलीसँग नझुक्ने बताएका हुन् ।

‘हामी कसैसँग शीर निहुर्याउँदैनौं, कसैको टाङमुनि छिर्दैनौँ, गलत र दम्भीसँग डराउँदैनौ,’ नेता नेपालले भने, ‘दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहन्छौँ, यो हाम्रो अठोट हो । दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता छ ।’

आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने समेत स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार