आज एकैदिन ४९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं । पछिल्लो २४ घण्टामा ४९ सय ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

ती मध्ये काठमाडौं उपत्यकामा ११ सय ८६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जनालाई पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१ सय १५ जना संक्रमणमुक्त हुनुका साथै ३५ जनाको मृत्यु भएको छ । योसहित मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।

१३ हजार २१७ पीसीआर र ५९०६ एन्टीजेन गरि १९ हजार १२३ जनाको कोरोना परीक्षण भएको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार