देउवालाई ओलीले साेधे- एमसीसी के गर्नु हुन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले घोषणा गरेको संयूक्त सरकारको साझा न्युनतम कार्यक्रममा एमसीसी उल्लेख नगरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री ओलीले एमसीसीको विषयमा जनताले जान्न चाहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी के गर्नुहुन्छ भन्दै प्रश्न गरे ।

‘अहिलेको सरकार गठबन्धन हुँदा एमसीसी गर्नु भएको थियो जस्तो लाग्छ। संयूक्त सरकारको साझा न्युनतम कार्यक्रममा एमसीसी बिर्सिनु भयो कि क्या हो ?’ ओलीले प्रश्न गरे,’ मैले त यता कतै एमसीसी देखिन। तपाई त बलियो प्रधानमन्त्री हुनुहुन्छ। सरकारमा त छिरीयो सबै कुरामा जस्केला । त्यो जत्थाले के भन्छ एमसीसी पास गर्ने कि चुप्प लाग्ने । सम्माननीय प्रधानमन्त्री ज्यू तपाई एमसीसी के गर्नु हुन्छ ? जनता जान्न चाहान्छन्।‘

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार