म असाधारण जनमतका साथ फेरि पनि प्रधानमन्त्री बन्नेछु : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू फेरि पनि प्रधानमन्त्री बन्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ओलीले असाधारण जनमतका साथ आफू फेरि पनि प्रधानमन्त्री बन्ने बताउनुभएको हो ।

उहाँले झ्याल तथा जस्केलाबाट नभएर आफू मूल ढोकाबाटै प्रवेश गर्ने बताउनुभयो । आफू देशको सेवाको निम्ति जन्मिएको भन्दै ओलीले काम गर्दै जाँदा प्रधानमन्त्री बनेको र फेरि पनि बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म यो देश र देशको सेवाको निम्ति जन्मिएको हुँ । म प्रधानमन्त्री हुन जन्मिएको थिइन । काम गर्दै जाँदा प्रधानमन्त्री पनि भएँ । जालझेल गठबन्धनको संकृति हटाएको थिए । म जस्केलाबाट हैन मूल ढोकाबाट आउने छु । पहिले पनि मैले भनेको थिएँ । असाधारण जनमतका साथ फेरि पनि प्रवेश गर्नेछु ।’

ओलीले आफ्नो नेतृत्वको सरकार हुँदा आफूले सहि ठाउँमा सहि मानिसको नियुक्ती गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही व्यक्तिका इच्छामा मेरा नीतिहरुले तुसारापात पनि भयो होला । मेरा कामले हासिल हुँदै गएको लोकप्रियताले छातिमा जलन भयो होला । म भ्रष्टाचार गर्दिन र गर्न दिदिनँ भन्ने कुराले धेरैलाई असहज भयो । मेरो पार्टी भित्रै समस्या आयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार