अभिनेत्री सरन्या शशिको निधन

काठमाडौं । भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु भएको छ । ३५ बर्षीय शशिको मृत्युको कारण ब्रेन ट्युमरका कारण मृत्यु भएको हो । लामो समयदेखि ब्रेन ट्युमरसँग लड्दै आएकी उनको धेरै पटक सर्जरी समेत भएको थियो ।

ट्युमर उपचारकै क्रममा उनी यो बर्ष कोरोना संक्रमित समेत हुन पुगेकी थिइन् ।मिडियाका अनुसार उनको मृत्यु कोभिडको जटिल अवस्थाको कारणले भएको हो ।

शशिको मृत्यु भएपछि केरलका मुख्यमन्त्री निराई विजयनले शोक ब्यक्त गरेका छन् । फ्यानले भने सामाजिक संजाल मार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार