गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेकाे छ । लगातार ओरालो लागेको सुनको भाउ आज तोलामा २०० रुपैयाँले उकालो लागेको हो।

आज प्रतितोला छापावाल ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सोमबार भने सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार