बेनी बजारमा आगलागी

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ । बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान तीन बजेतिर आगलागी भएको हो ।

म्याग्दी प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागी भएको घर सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आज बिहान पाँच बजेतिर आगो निभाएको छ ।

रघुगंगा डेरीबाट सुरु भएको आगो नयन स्टोर्समा पनि सल्किएको थियो । आगलागीको क्रममा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार