कुन कर्मचारीको तलब कतिले बढ्यो ?

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तत्कालिन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणमा सबै तहका कर्मचारीको तलब चालु आर्थिक वर्ष २०७८–०७९ को साउन महिनाको एक गतेबाट लागू हुनेगरी दुई हजारले वृद्धि गर्ने घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार