काभ्रेमा एक साता निषेधाज्ञा थप

काभ्रेपलाञ्चोक । जिल्लामा जारी निषेधाज्ञा एक साता थपिएको छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत निषेधाज्ञा एक साता थप गरिएको जानकारी दिएको हो ।

हाल जारी निषेधाज्ञा साउन २७ गते बुधवार राती १२ बजेदेखि सकिँदै छ । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि दुई महिनाभन्दा बढी समयदेखि जिल्लाभर निषेधाज्ञा जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार