लोकसेवाका कुनै पनि परीक्षा नरोकिने

काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा नरोकिने भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण कक्षा १२ को परीक्षा रोकिएसँगै विद्यार्थी अन्य परीक्षा पनि रोकिने हो कि भन्ने अन्योलमा रहेका बेला आयोगले परीक्षा नरोकिने जनाएको हो ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने जानकारी दिनुभयो । परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार