भदौ १ र २ गते जसपाकाे केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको भदौ १ र २ गते केन्द्रीय समिति बैठक बस्ने भएको छ । निर्वाचन आयोगबाट आधिकारिकता विवाद समाधान भएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बस्ने भएको हो ।

काठमाडौंमा बस्ने बैठकमा पार्टीको संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएकाे छ । तत्कालीन समयका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएर बनेको जसपाको केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।

तत्कालीन केपी शर्मा ओली सरकारमा सहभागी हुने विषयमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद भए पछि पार्टीको विवाद निर्वाचन आयोगले टुङ्ग्याएको थियो ।

उपेन्द्र यादव पक्षलाई बेवास्ता गर्दै ओली सरकारमा सहभागी ठाकुर पक्षलाई निर्वाचन आयोगले आधिकारिकता नदिएपछि दलविहीन अवस्थामा पुगेको छ भने आधिकारिकता पाएको जसपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरू बाहिरिएपछि जसपाले पहिलो पटक केन्द्रीय समिति बैठक बोलाएको हा । पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको जसपाले जनाएो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार