कोरोनाबाट थप ५५ जनाको मृत्यु, २ हजार ५४८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ०२९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ०३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ जना गरी २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख १४ हजार ८७७ जना पुगेको छ । तीमध्ये ६ लाख ६९ हजार २९९ जना निको भएका छन् ।

जसमध्ये ३१ हजार ९६३ जना होम आइसोलेसनमा र ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण १० हजार ९३ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो ३,२१८ जनामा कोरोना पुष्टि हुँदा १,७२२ जना संक्रमणमुक्त भएका थिए भने १९ जनाको मृत्यु भएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार