भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बने किरण गजमेर

काठमाडौं । किरण गजमेर रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् ।

उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् । उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार