एसइइको नतिजा आजै, यसरी हेर्नुहोस् नतिजा

  पहिलोपेज समाचारदाता

 573 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा आजै सार्वजनिक गर्दैछ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न थालेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को एसइइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने बताएको छ ।

परीक्षा बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर हेर्न सकिने र नेपाल टेलिकममार्फत १६००, एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको जनाएको छ ।

बोर्डले २०७७ को एसइइको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि, इडियुसंजाल, नेपाल टेलिकम, कान्तिपुर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

परीक्षार्थीले

www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np, www.ekantipur.comwww.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार