चार तोलाको सुनवाला भाइरल फोटोका युवाको यस्तो रहेछ खास कुरा

  पहिलोपेज समाचारदाता

 505 पटक हेरिएको

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि त्यसको पक्ष र विपक्षमा सामाजिक सञ्जाल भरिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासंघ त झन आयोग खारेज गर्ने सरकारी निर्णयको विरोधमा प्रदर्शनमै उत्रियो ।

राष्ट्रिय युवासंघको आयोजनामा भएको प्रदर्शन मनोहरा सुकुम्बासी बस्ती हुँदै मूल सडकसम्म पुगेको थियो । उक्त जुलुसमा सुकुम्बासीभन्दा राष्ट्रिय युवासंघका नेता कार्यकर्ता धेरै थिए ।

युवासंघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । खासमा चार तोलाको सुन लगाएको व्यक्ति सुकुम्वासीको जुलुसमा देखिएको भन्दै उनलाई “उडाएर” भाइरल बनाइएको थियो ।

ती युवाले निधारमा कालो फेटा बाँधेका थिए । उनले “जमीन त खोसिस् सरकार, नागरिकता पनि खोस् !” लेखिएको प्लेकार्ड बोकेका थिए । यद्यपि, घाँटीमा भने सुनको ठूलै सिक्री लगाएका छन् । सुकुम्बासीको जुलुसमा सहभागी युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि यो तस्वीर निकै ट्रोल भएको थियो ।

भाइरल भएका ती युवक अहिले सञ्चारमाध्यममा आउन थालेका छन् । पछिल्लोपटक अनलाइनखबर डटकमले उनको खास कुरा प्रकाशित गरेको छ । वीरबहादुर श्रेष्ठ “सुमन” नाम गरेका उनी सिन्धुलीको कमलामाई नगरपालिका निवासी हुन् । हाल कोटेश्वरमा बस्दै आएका सुमनले आफू सुकुम्बासी नभएको तर युवासंघमा आवद्ध रहेको उल्लेख गरेका छन् । आफू पीडितहरूको पक्षमा आवाज उठाउन जुलुसमा पुगेको उनको तर्क छ ।

सुमनले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको बताए । सुमनको तर्क छ, “म २÷४ तोला सुन लगाउँछु । यो मेरो सोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदैन र ?”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार