राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णय अनुसार कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ। परीक्षाबारे आज निर्णय हुने बोर्डले जनाएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएको र अहिलेको अवस्थामा परिक्षा गर्दा खोप समेत नलगाएका विद्यार्थीहरुमा कोरोना संक्रमणको भयावह अवस्था आउन सक्ने संभावना औंल्याउँदै सरकराले परिक्षा स्थगित गर्ने हिजो निर्णय लिएको थियो ।

कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैथियो । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् ।

यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो । कोरोना सङ्क्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार