बालाजु औद्योगिक क्षेत्रमा राति २ बजे देखि आगलागी

काठमाडाैं । बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको एक बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

१९ वटा पानी ट्याङ्कर र ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार