कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भबिष्यमा तय गरिएका कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयसँगको समन्वयमा परीक्षाहरु स्थगित गर्न सीसीएमसीमा आफूले सिफारिश गरेको सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’

यही साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारी तयारी भएपनि संक्रमणको भयावह अबस्था बन्दै गएको भन्दै स्थगित गर्न चौतर्फी दवाब बढ्दै गएको थियो । यस बिषयमा पछिल्लो समय सामाजिक संजालमा परीक्षा स्थगित गर्नुपर्ने अभियान नै चलेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार