माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल हुने बताइएको छ । माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।

सरकारमा पार्टीबाट नेतृत्व कसले गर्ने भन्ने विषयमा माओवादीभित्र विवाद रहेको बताइएको छ । उता, नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार