आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९१ हजार रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार