भूमिसम्बन्धी आयोग विघटनविरूद्ध सर्वोच्चमा रिट

काठमाडाैं । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

शुक्रबार अधिवक्ता प्रवेश केसीले आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गत मंगलबार भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेपछि प्रतिपक्ष नेकपा एमालेले विराेध जनाउँदै आएकाे छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार