एक साताभित्र एसइईको नतिजा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षाफल आगामी साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलका अनुसार आज राष्ट्रिय परीक्षा बोर्डमा एसइईको मूल्यांकन प्रगतिबारे छलफल भएकाे हाे ।

पौडेलले एसइईको मूल्यांकन प्रगतिबारे प्राविधिक सम्पादन मात्रै बाँकी रहेको र आगामी साताभित्र सार्वजनिक हुने बताउनुभएको छ । गत जेठ १३ गतेदेखि तय भएको एसइईको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

भौतिक रुपमा एसइई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार