निको हुने भन्दा थपिनेको संख्या दोब्बर बढीः ३,९३८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्म १८ हजार ४ सय ८ मा गरिएको परिक्षणमा ६ हजार ५३८ जनाको एन्टीजेन र १ हजार ८७० जनाको पिसिआर परिक्षण गरिएको थियो ।

जसमा एन्टीजेन विधिबाट ९३१ जना र पिसिआर विधिबाट ३००७ जनामा संक्रमण पुष्टि भएको हो । यसरी ३ हजार ९ ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणको कारण ३७ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख ८ हजार ०७९ जना र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल नेपालमा ३१ हजार १०८ जना होम आइसोलेसन, ३ हजार ३१४ जना संस्थागत आइसोलेसन, ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ६३ हजार ६६३जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट आज थप ३७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ९९४ पुगेको छ ।

नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ । हालसम्म देशभर ३६ लाख ५६ हजार ३४२ नमुनाको पीसीआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार