नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटी बैठक सकेर बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा केन्द्रीय कमिटीको बैठक शुरु भएको हाे ।

केन्द्रिय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि स्थायी कमिटी बैठक बसेको हो । एमाले सचिव भीम आचार्यका अनुसार समसामयिक राजनीतिक अवस्था, पार्टी एकता लगायतका बिषयमा छलफल हुने एजेण्डा रहेको छ ।

बैठकमा ७० जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । केही सदस्य भने उपत्यकाबाहिर रहेकाले बैठकमा अनुपस्थित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार