नेपाल समूहको बैठकमा भट्टराई र पाण्डे अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकमा सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे अनुपस्थित रहेका छन् ।

स्थायी कमिटी बैठक सकेर आजै बसिरहेको केन्द्रिय कमिटी बैठकमा समेत भट्टराई र पाण्डे अनुपस्थित रहेका छन् । कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण भट्टराई र पाण्डे बैठकमा अनुपस्थित भएकाे बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार