माधव पक्षको स्थायी कमिटी बैठक शुरू

काठमाडौ । नेकपा एमालेको बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको छ । न्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बसेको नेताहरुले बताएका छन् ।

स्थायी कमिटीले एजेण्डा तय गरेपछि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु उपस्थित् भएका छन् ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । केपी ओली पक्षले भने बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार