गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

बुधबार कायम भएको मूल्यमा बिहिबार सुनको कारोबार भइ रहेको नेपाल सुनचादी व्यवसायि महासंघले जनाएको छ ।

आज सुनको मुल्य प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भइरहेको छ । चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले घटेको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोला १ हजार २७५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २८५ रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार