एमालेका वरिष्ठ नेता नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । काठमाडौं । नेकपा एमालेको खनाल नेपाल पक्षको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजेपछि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु हुने बताइएकाे छ।

केन्द्रीय समिति बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ। समूहको भावी रणनीतिलगायतका विषयमा धारणा तय गर्न बैठक बोलाइएको बताइएको छ ।

यसैबीच एमालेको ओली समूहले भने सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरि बिहीबार कुनै बैठक नराखिएको भन्दै नेता कार्यकर्तालाई अपील गरेका छन ।

केन्द्रीय कार्यालय सचिव तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको जानकारी समेत दिएका छन्। उनले केन्द्रीय सदस्यहरुलाई आधिकारिक बैठक नभएको भन्दै नझुक्किन भनेका हुन्।

बिहीबारको बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन्। संसद् पुनर्स्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

बैठकमा राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्ने बताइएको छ। पार्टीको विवाद र सरकारमा सहभागिताका विषयमा पनि छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार