सुनछहरी गाउँपालिकाको विविध आयाम समेटिएको “सुनौलो सुनछहरी”

  जुनिसकुमार बिष्ट

 602 पटक हेरिएको

रोल्पा । सुनछहरी गाउँपालिकाको संस्कृति, जीवनशैली, रहनसहन, भेषभूषा, धार्मिक, पर्यटकीय क्षेत्रलाई समटेको भिडियो “सुनौलो सुनछहरी” पर्यटन वृत्तचित्र भाग— १ सार्वजनिक गरिएको छ ।

पर्यटन प्रवद्र्धन तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका— ७ जेलबाङको आयोजना एवं गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको वृत्तचित्रमा सुनछहरी गाउँपालिकाका पर्यटकीय क्षेत्र जेलबाङ, गाम र तिलाचनलाई समटेर भिडियो डकुमेन्ट्री तयार गरिएको हो ।

पर्यटन प्रवद्र्धन तथा गेमी होमस्टेका अध्यक्ष पृथ्वी पुनले यहाँको कला, संस्कृति, जीवनशैली, रहनसहन र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन वृत्तचित्र तयार गरेको बताउनुभयो ।

उहाँले यहाँको इतिहास, भाषा, संस्कृति, परम्परा र भेषभूषाले महत्वपूूर्ण क्षेत्र भएको भन्दै सुनछहरी चिनाउन पर्यटनसम्बन्धी वृत्तचित्र तयार गरिएको बताउनुभयो । भिडियो करिब २९ मिनेटको छ ।

वृत्तचित्रमा गाउँपालिकाभित्र पर्ने जेलबाङ गाउँ, जलजला, सुनछहरी झरना, गाउँपालिका केन्द्र पोबाङ, गामको गोङबाङ युद्धस्थल, गामको बिबाङ दह, गाम कोथिभिर लगायतका पर्यटकीय स्थलहरुलाई कैद गरिएको छ ।
त्यसैगरी, विभिन्न लोपोन्मुुख संस्कृति, भुमे नाच, सरङ्गे नाच, मारुनी नाच, पैसरु नाच लगायत मगर समुुदायको बारेमा सामग्रीहरु समावेश गरिएको छ ।

वृत्तचित्रका लेखक विष्णु सन्यासले रोल्पा जनयुद्धकालमा देशविदेशमा चिनिएको र रोल्पामा थुप्रै सानाठूला युद्ध भएको बताउँदै युद्ध पर्यटनमा जोड दिन सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा मगर संघ सुनछहरीका अध्यक्ष रणबहादुर घर्ती, वडाध्यक्षहरुको तर्फबाट वडा नम्बर १ सेरमका अध्यक्ष महावीर रानामगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीनलोचन मगर, स्वर्गद्वारी नगरपालिका— ४ का वडाध्यक्ष मीनराज राना, गुरुङ गाउँ होमस्टे रोल्पा नगरपालिका— ४ का अध्यक्ष हरिजङ गुरुङ, वृत्तचित्र स्क्रिष्टराइटर प्रतिभाशाली व्यक्तित्व एवं युवाकवि विष्णु सन्यास, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन, जिल्ला समन्वय समितिका सदस्य धनबहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले उदघाटन मन्तव्य व्यक्त गर्दै वृत्तचित्रले यहाँको पर्यटन र सँस्कृति प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । संस्थाका अध्यक्ष पृथ्वी पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य जुनकुमारी बुढाले गर्नुभएको थियो भने सञ्चालन सचिव लालबहादुर पुनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार