आज एकैदिन थपिए ४१०७ कोरोना संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ४१०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको हो । यस्तै ४ हजार ९४४ जनाको एन्टिजेट परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ।

कुल १६ हजार २९८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यस्तै आज थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन्।

हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

यसअघि मंगलबार देशभर ३३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार