कुलमान घिसिङलाई किन ल्याउन थालियो फेरि प्राधिकरणमा ?

  पहिलोपेज समाचारदाता

 315 पटक हेरिएको

काठमाडौं । दिनमा झण्डै १८/२० घण्टा लोडसेडिङ हुने देशको नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनेर सिङ्गो देशलाई लोडसेडिङमुक्त बनाउने कुलमान घिसिङ फेरि आउने सम्भावना बढेर गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्तिको प्रक्रिया अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुपर्ने माग आमजनताले गरे पनि केपी शर्मा ओली नेतृत्वको सरकारले भने हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

ऊर्जामन्त्री पम्फा भुसालले मंगलवार प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको प्रधानमन्त्री देउवालाई ब्रिफिङ गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिनुभएको थियो ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ४ वर्ष काम गरेर घिसिङ २०७७ साल भदौमा सेवानिवृत्त हुनुभएको थियो । प्राधिकरणमा रहँदा घिसिङले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा सफलता प्राप्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार