१८ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडाैं । जिल्ला न्यायाधीश पदपूर्तिका लागि न्याय सेवा आयोगले १८ जना न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ ।

न्याय सेवाले एक सूचना जारी गर्दै आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि दरखास्त माग गरेको हो।

जसमा आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १-१ जनाको विज्ञापन खुलेको छ ।

सूचनाका अनुसार जिल्ला न्यायाधीशका लागि आवश्यक न्यूनतम योग्यता संविधानमा तोकिएबमोजिम हुनेछ भने नेपालको संविधानको धारा १४९ को उपधारा २ को खण्ड ‘ख’ र ‘ग’ बमोजिम खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिनेछ ।

यस्तै, सूचनामा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र दरखास्त दिनुपर्ने छ । दरखास्त दस्तुर रामशाहपथस्थित न्याय परिषद् सचिवालयको कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार