केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज भेटवार्ता हुने

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ ।

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिनसकेको बताए ।

आज साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उनले जानकारी दिए ।

हिंजाे बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो ।

दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार