एमालेमा गएका पूर्वमाओवादी नेताको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडों ।  नेकपा (माओवादी केन्द) छाडेर नेकपा एमालेमा गएका माओवादी सांसदको खोसिएको पद फिर्ताका लागि गरिएको मागमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्विकार गरेको छ।

सर्वोच्च अदालतले माओवादी केन्द्रको कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार नेताको सांसद पदमा पुनर्बहालीको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे ।

माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि प्रतिनिधि सभा सदस्य पदबाट हटाइएका (कारबाही)मा परेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौरधीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै सुविधा सन्तुलन समेतका दृष्टीले अन्ख्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको जनाएको छ ।

चारैजनाले माओवादीको कारवाही अवैधानिक रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार