एमालेमै फकिइन् विमला

काठमाडौं । सम्पर्क बिहीन भएको भनिएकी सांसद विमला खत्री वलीले एमालेमै रहेको बताएकी छन् । विपक्षी गठबन्धनले हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाउँदै उनले लुम्बिनीमा प्रदेश सरकार फेरबदलको समाचार आइरहेका बेला आफू एमालेमै रहेको बताएकी हुन् ।

प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल अल्पमतमा परेपछि विपक्षी गठबन्धनले सोमबार प्रदेशप्रमुखसमक्ष ४१ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहितको दाबी पेश गरेको थियो । नयाँ सरकारको दाबीसहित पेश गरेको उक्त निवेदनमा बिमलाको नाम र हस्ताक्षर पनि समावेश छ।

सोमबार वलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’ उनले भनेकी छन्, नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्नबाट म चुनावमा उम्मेदवार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’

२०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख)बाट निर्वाचित उत्तर कुमार ओलीको निधन भएपछि उपनिर्वाचन हुँदा उत्तरकी श्रीमती विमला नेकपा उम्मेदवारको रुपमा निर्वाचनमा उठेकी थिइन् । उनले कांग्रेसमा उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १०४ मतान्तरले पराजित गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार