कोभिड युनिफाइड अस्पतालबाट हटाइए जागेश्वर गौतम

काठमाडौं । सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट डा. जागेश्वर गौतमलाई हटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखबाट हटाइएको बताइएकाे छ ।

गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले गत १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार