माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं । आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ।

आन्तरिक तयारीका लागि बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताएका छन।

आजको बैठकबाट माओवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको बताइएकाे थियाे।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन्। शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

पछिल्लो घटनाक्रम र आवश्यक तयारीलाई केही समय लिनु उपयुक्त देखिएकाले बैठक १० दिन सारिएको माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार