नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने भएको हो ।

आजको बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।

साउन १६ गतेदेखि सुरु भएको बैठकले आइतबार विधान संशोधन महाधिवेशन लगायतका निर्णय गरेको थियो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए भने माधव नेपाल समूहका नेताहरु भने सहभागी भएका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार